१३ बैशाख २०८१, बिहिबार

अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको विलासी जीवनशैली


donalt-trump-house-8

डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्वार तथा अमेरिकाका अर्वपति व्यापारी हुन् ।
उनी आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमा छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको अति सुविधासम्पन्न उनको अलिशान महल छोड्न भने उनलाई निकै गाह्रो पर्ने देखिन्छ ।

donalt-trump-house-3

अमेरिकाको न्युयोर्क सिटीमा रहेको उनको आलिशान महल निर्माणमा खर्बौ डलर लगानीमा निर्मित भएको हो । उत्त घरमा प्रवेश गर्ने मुल ढोका सुन र हिराद्धारा बनेका छन् । भने घरभित्र अत्यन्त महंगो तथा आकर्षक मार्वलद्धारा बनाइएको छ ।
अहिले ट्रम्प उनकी ४५ वर्षिया तेस्री पत्निी मेलिना र उनका ९ वर्षिया छोरा बरोनका साथ उत्त घरमा बस्ने गर्दछन् । उनका अन्य ४ जना छोराछोरी पनि रहेका छन् ।
डोनाल्ड र मेलनाको न्युयोर्क सिटीमा ६६ फ्लोरको ट«म्प टावरको रुपमा चिनिने उत्त घरभित्रको सिलिङ २४ क्यारेक्ट सुनको जलप लगाएइको छ । घरको रेष्ट रुमाको भित्ताहरुमा विश्वका सुन्दर आकृतिहरु झल्कने गरि र ग्रिसको लभ स्टोरीको झल्को दिने अत्यन्तै आर्कषक क्लासिकल आर्ट गरिएको छ । डोनाल्ड र मेलनाले ब्रेकफास्ट गर्ने छुट्टै रुम रहेको छ उनीहरु विहान सुनको आसनमा बसेर सुनको कपमा ओरेन्ज जुसको ब्रेकफास्ट सेवन गर्ने गर्दछन् ।

donalt-trump-house-9

डोनाल्ड ट्रम्प उनकी श्रीमती मेलना र उनीहरुका छोरा बरोनको तस्विरहरु एक छट्टै कोठामा सजाइएका छन् ।
घर भित्र सुनद्धारा निर्मित निकै र कलात्मक र आकर्षक आकृति र मुर्तिहरु राखिएका छन् । जसले विश्वकै ऐतिहाँसिकताको झल्को दिने गर्दछ ।
ट्रम्को परिवारले अक्सर हस्ताको अन्तिम दिन फ्लोरिडा राज्यको समुन्द्रि किनारामा रहेको एक रिर्सोटमा व्यतित गर्ने गर्दछ । जुन अत्यन्त आरामदायी रहेको छ । ८० हजार स्क्वायर फिट जमिनमा निर्मित उत्त रिर्सोटमा ५८ वेड रुम, ३३ बाथरुम र २९ डाइनिङ टेवल रहेको छ ।
donalt-trump-house-7
donald-trump-home


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !