१२ आश्विन २०८१, शनिबार

आलुको बोरामा ८३ लाख रुपैयाँ भेटियो, दुईजना पक्राउ


आलुको बोरामा ८३ लाख रुपैयाँ भेटियो

धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित हिजो दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् ।

उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !