२० असार २०८१, बिहिबार

प्रधानमन्त्रीद्वारा राईलाई रिहाइको सहयोगार्थका लागि ३० लाख हस्तान्तरण


Kp Oli

२१ वैशाख, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष देखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थका लागि परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उहाँ २ वर्ष देखि बन्दी जीवन बिताइरहेका छन् ।

एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको वताउनु भयो । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले भने,– ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्री ओलीले वताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !