२ कार्तिक २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर १९९ र डिजेल-मट्टीतेल १९२

पेट्रोलको मूल्य प्रतिलिटर २१ र डिजेल–मट्टीतेलको मूल्य २७ रुपैयाँले वृद्धि


पेट्रोलियम पदार्थ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पेट्रोलियम पदार्थको पुन: मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

हिजो राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको हालको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जानकारी दिएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने वृद्धि नगरी हालको मूल्यलाई नै यथावत कायम राखेको बताएको छ ।

यस्तो छ हेर्नुहोस् आयल निगमले निकालेको विज्ञप्ति

आयल निगमले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !