२३ भाद्र २०८१, आइतबार

सिरिजङ्गा सरोकार समाज नेपालद्वारा गणतन्त्र दिवसको शुभकामना


सिरिजंगा सरोकार समाज, नेपाल

काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालले गणतन्त्र दिवसको शुभकामना दिएको छ । १५ औँ गणतन्त्र दिवसका अवसरमा सिरिजङ्गा सरोकार समाज नेपालका अध्यक्ष अधिबक्ता हरिचन्द्र भट्टराईले आज एक शुभकामना सन्देश दिएका हुन् ।

उक्त समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दिनलाई समझदा र मनाई रहदा चारतारे, पाँचतारे हाेटल तथा महगा आलिसान महलहरुमा विकासे कुरा गर्ने दिनकाे रुपमा, याेजना बनाउने र जनतालाई समपन्न बनाउने दिनकाे रुपमा मनाउने संस्थागत संस्कृतको अन्त्य गरी नागरिकका समस्या बुझ्न जनताका झुपडीमा जाने, नागरिक सुनुवाइ गर्ने, जनताका ज्युका तियु रहेका समस्याका चाङ समाधान गर्न समस्या भएकाे स्थानमा स-शरीर उपस्थित भई समाधानकाे चुराे पत्ता लागाउने दिनको रूपमा मनाईनु पर्दछ ।’

‘गणतन्त्र नागरिककाे जीवनचर्यासंग जाेड्न सक्नुपर्छ । नागरिका मानव अधिकारको पुर्ण सम्मानका खातिर एकदिन भएपनि फर्कि मुल्यांकन गर्ने दिनको रूपमा मनाउनुपर्दछ’ उक्त समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !