११ असार २०८१, मंगलबार

सरकारले बढायो सार्वजनिक सवारी साधनको भाडा, कहाँ कति ? (सूचीसहित)


सार्वजनिक यातायात सांकेतिक तस्वीर

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोले भाडादर समायोजन गरिएको जानकारी दिएको छ ।

सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा बढाएको हो । नेपाल आयत निगमले वैखाख ३१ गते नै डिजेल, पेट्रोल र मट्टितेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

भोलि जेठ ४ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो । विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।

यस्तै पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारी साधनमा ५.१ प्रतिशतले वृद्धि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !