८ पुस २०८१, सोमबार

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन


Amber Gurung

काठमाडौं– खाना नलीको क्यान्सरबाट पीडित राष्ट्रगान धूनका सर्जक वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ गुरुङको मंगलबार विहान २ बजेर ३९ मिनेटमा निधन भएको उपचारमा संलग्न चिकित्सक डा. सुभाष आचार्यले जानकारी दिए। गुरुङलाई अघिल्लो साता ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। चौथो चरणमा फैलिइसकेको क्यान्सरको भारतमा लामो समय उपचार गराएर केही समयअघि मात्र स्वदेश फर्किएका गुरुङको शरीरका महत्वपूर्ण अंगले काम गर्न छाडेपछि कृत्रिम श्वासप्रश्वास यन्त्र भेन्टिलेटरमा राखिएको थियो।

भारतको मेदान्त अस्पतालमा रेडियोथेरापी र शल्यक्रिया गरी खाना नलीका रुपमा पाइपसमेत राखिएको थियो । केही दिनअघि शल्यक्रिया गरिएको ठाउँमै समस्या देखिएर रगत बान्ता गरेपछि उनलाई राजधानीको ग्रान्डी अस्पताल भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !