१२ पुस २०८१, शुक्रबार

आखिर सरकारले जेठदेखि हप्तामा दुई दिन विदा दिने निर्णय किन गर्यो ?


सार्वजनिक विदा

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने भएको छ भने कार्यालय समय बढाएर विहान ९:३० बजेदेखि बेलुकी ५:३० बजेसम्‍म कायम गर्ने गरेको छ ।

आखिर सरकारले जेठदेखि हप्तामा दुई दिन विदा दिने निर्णय किन गर्यो ? भन्ने जनचासो नागरिकमा बढेको छ । सरकारले जेठदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गर्नु पछाडिको प्रमुख कारण भनेको पेट्रोलियम पदार्थको खपत घटाउनु नै रहेको छ ।

देशभर इन्धनको खपत घटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकले पनि सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारसमक्ष सो प्रस्ताव राखेको थियो ।

सरकारले २०७९ जेठ १ गतेदेखि लागु हुनेगरी परीक्षणका रुपमा लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरिएको मन्त्री कार्कीले बताए । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उनका अनुसार जेठदेखि कार्यान्वयनमा आउने आउने उक्त निर्णयसंगै सरकारले कार्यालय समय पनि हेरफेर गर्दै विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म तोकेको हो । सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट सार्वजनिक विदाको सो निर्णय कार्यान्वयनमा ल्याउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !