१४ असार २०८१, शुक्रबार

टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक जना घाइते


मृत्यु

काठमाडौं । मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो । दुर्घटनाबाट ३३ वर्षीय विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !