![व्यक्तिगत घटना दर्ता](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/byaktigat-ghatana-darta.jpg?fit=825%2C470&ssl=1)
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता सुरु गरिएको जानकारी दिए । उनले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण टोखावासीलाई अनुरोधसमेत गरेका छन् ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।