काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा. झलक शर्मा गौतम निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित भएका छन् ।
उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन भएका छन्। महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौंमा भएको थियो । संघमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् ।