१३ आश्विन २०८१, आइतबार

चन्दपुर नगरपालिकाको वडा नं. ८ बाल बिवाह मुक्त वडा घोषणा


balbibaha

११ वैशाख, चन्द्रनिगाहपुर । चन्दपुर नगरपालिकाको वडा नं. ८ बाल बिवाह मुक्त वडा घोषणा भएको छ । २ नम्बर प्रदेशकै पहिलो बाल बिवाह मुक्त अभियानमा चन्द्रपुर नगरपालिका ८ लाई मंगलबार एक कार्यक्रमकावीच बाल बिवाह मुक्त वडा घोषण गरिएको हो ।

समुदायमा आधारीत बाल संरक्षण संयन्त्र चन्द्रपुर ८ रौतहटको आयोजनामा, चन्द्रपुर नगरपालिका कार्यलय, महिला बालबालिका कार्यलय रौतहटको समन्वय, प्लान नेपालको सहयोगमा र जनसेवा नेपालको सहजीकरणमा बालबिवाह मुक्त वडा घोषण समारोह सम्पन्न भएको आयोजकले बताए ।

उक्त कार्यक्रम प्रमुख अथिति रौतहट क्षेत्र नम्बर ४ का सांसद देब प्रशाद तिमल्सिना र बिष्शिठ अतिथि चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी रहेको आयोजकले बताए । तिमलसिनाले बालबिवाह रौतहटकै ठुलो समस्या रहेकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने बताए ।

अन्य अतिथिहरु चन्द्रपुर नगरपालिका उपप्रमुख रामरति चौधरी , ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा प्रहरी निरिक्षक तेज नारायण यादब , मानव अधिकार एलायन्सका केन्द्रिय कोषाध्यक्ष प्रमोद चौधरी,जन सेवा नेपालका प्रमुख भाग्य नारायण महतो , तथा चन्द्रपुर नगरपलिकाका १० वटै वडाका अध्यक्ष्यहरुको उपस्थिती रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !