१५ असार २०८१, शनिबार

काँग्रेसका युवा नेताद्वारा केन्द्रीय समिति बैठकमा ५१ ‘पन्ने’ माग


Nepali-congress

११ वैशाख, काठमाण्डौ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीका ६ युवा नेताहरुले पहिलेदेखि उठाउँदै आएको शीघ्र महाधिवेशनको माग राखेका छन् ।

नेता गगन थापाले ५१ पन्ने लिखित माग बैठकमा प्रस्तुत गर्दै महासमिति र शीघ्र महाधिवेशनको माग गरेका हुन् । युवाहरु नेताहरुले संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका भएपनि त्यसको कायान्वयन गर्ने नेतृत्व शिथिल र यथास्थितिवादी भएकाले संगठनले गति लिन नसकेको उल्लेख गरेका छन् ।

वर्तमान सभापति शेरबहदुर देउवाको नेतृत्वलाई निरन्तरता दिनु जनादेश र मतादेश विपरित हुने भन्दै नेतृत्व परिवर्तनमा उनीहरुले जोड दिएका छन् ।

युवाहरुको सुझावमामार्फत पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न आग्रह पनि गरिएको छ ।

नेतृत्व परिवर्तन भए आगामी ५ बर्ष पछि हुने निर्वाचनमा अहिलेको निर्वाचनमा आएको मतभन्दा १५ लाख मत बढि ल्याएर काँग्रेस एक्लैले बहुमतको सरकार बनाउन सक्ने युवाहरुको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !