१३ आश्विन २०८१, आइतबार

हात्तीको आक्रमणवाट एकको मृत्यु


निधन

११ वैशाख, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलियामा हात्तीको आक्रमणवाट मंगलबार बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षवाट निस्केको जंगली हात्तीको आक्रमणवाट स्थानीय ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

आरक्ष क्षेत्रवाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गरेको थियो । हात्तीले यादवको घरसमेत भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

केही दिनयता जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा दिनहुँ हात्ती आतंक बढेको भए पनि स्थानीय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !