७ असार २०८१, शुक्रबार

मोटरसाइकल चोरी : ३ जना पक्राउ


पक्राउ

काठमाडौं । वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले ना ३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी गएको आरोपमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र मनिर मियाँ अन्सारी पक्राउ परेका छन् ।

सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा अर्कै नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !