१२ असार २०८१, बुधबार

सातामा दुई दिन सार्वजनिक बिदा र जोर-बिजोर प्रणाली लागु गर्न निगमको प्रस्ताव


काठमाडौं । नेपाल आयाल निगमले सवारीसाधनमा जोर/बिजोर प्रणाली लागुदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको छ ।

निगमले इन्धन आयातको भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंगलबार १० बुँदे सुझाव पठाउँदै पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोर/बिजोर प्रणाली लागुदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको हो ।

निगमले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पठाएको पत्रमा उल्लेख गरिएिको छ, सरकारी बैंकहरू, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता संस्थाबाट, निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रूपमा सहयोगी भूमिका खेल्नुपर्ने । अब उप्रान्त पेट्रोल, डिजल, मट्टीतेल तथा एलपी ग्यासमा प्रतियुनिट जे–जति घाटा हुन्छ सो एकैपटक समायोजन गरी निगमलाई नाफा/घाटा नहुने गरी सञ्चालन गरिनुपर्ने ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !