सर्लाहीमा बस दुर्घटना : ४ जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते Nepalpatra सर्लाहीमा बस दुर्घटना : ४ जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते
२१ आश्विन २०७९, शुक्रबार

सर्लाहीमा बस दुर्घटना : ४ जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते


सर्लाहीमा बस दुर्घटना

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना ४ ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे हाे ।

दुर्घटनामा परेर मृत्यु भएका ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे छ । केही घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । अन्य घाइतेकाे उद्धार जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेकाे प्रहरीकाे प्रहरीकाे आशंका गरेको छ । दुर्घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !