२ कार्तिक २०८१, शुक्रबार

दुर्घटनाबाट एक प्रहरीको मृत्यु, एक घाइते


दुर्घटना

काठमाडौं । सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरीजवान नवीन न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सानेपास्थित स्टार अस्पतालमा गए राति सवा २ बजे मृत्यु भएको जनाइएको छ ।

बा८३प ८९८५ नम्बरको मोटरसाइकल गए राति दुर्घटनाबाट घाइते भएका तनँहुको आँबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरीजवान सुमनकुमार सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !