११ आश्विन २०८१, शुक्रबार

आगलागीवाट ५ लाखको क्षति


आगलागी

१० वैशाख, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको सेक्टर वन कार्यालय बसन्तपुरको पुरानो काठको घरमा आइतबार राति आगलागी भएको छ ।

उक्त आगलागीवाट स्टोरमा रहेको अन्न, लत्ताकपडा, साइकल २२ थान, प्लास्टिकको कुर्सी १६ थान, चिरान काठ ११ थान, खाट ६ थान र भाडाकुँडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

पोखरिया नगरपालिकावाट गएको वारुणयन्त्रको मद्दतमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टापछि आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक बिमल कुमार शाहीले जानकारी दिए । ‘व्यारेक र मेस सञ्चालन रहेको काठको घरमा आगलागी भएको रहेछ । आगलागीको कारण खुल्न सकेको छैन,’ उनले भने, ‘५ लाख ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान गरेका छौं ।’

चारैतिरवाट आगो लागेकोले कसैले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने अनुमान गरिएको सेक्टर वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत गनिलाल साहले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !