११ बैशाख २०८१, मंगलबार

मोरङको लेटाङमा आज बिहानदेखि हट्यो तीन दिनदेखिको निषेधाज्ञा


निषेधाज्ञा

विराटनगर । मोरङको लेटाङमा आज बिहानदेखि तीन दिनदेखिको जारी निषेधाज्ञा हटेको छ । तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटेको हो ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । तनावग्रस्त क्षेत्रमा हिजो बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्मको निषेधाज्ञा भने कायम नै रहेको थियो ।

स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुव्र्यवहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको सो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको दुःखद् निधन भएको थियो ।

घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले उक्त प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो ।

हालको अवस्था सामान्य रहेको छ, तथापि सो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !