![छुर्पी बरामद](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/03/Ilam-Churpi24.jpg?fit=1024%2C683&ssl=1)
मङ्गलबारे । इलाममा अवैध रूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।
प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।
जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।