
मकवानपुर । मकवानपुरमा रुखको हाँगाले थिचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो वर्षासँगै आएको हावाहुरीको कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हाँगाले थिचेर मृत्यु भएको हो ।
मृत्यु हुनेको पहिचान नखुलेको र घटनास्थल मनहरी बजारबाट २ घण्टाको दुरीमा रहेको प्रहरीले जनाएको छ ।