२ कार्तिक २०८१, शुक्रबार

पाटे बाघ मृत फेला


tiger

बर्दिया । बर्दियामा पाटे बाघ मृत फेला परेको छ । प्रहरीका अनुसार मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको हो ।

सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !