१२ असार २०८१, बुधबार

चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते नेपाल भ्रमणमा आउने


वाङ यी

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणका अवसरमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्का र उहाँका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरमा यही चैत १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !