काठमाडौं । बारामा तेल ट्यांकरमा आगलागी भएको छ । बिहीबार जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जस्थित आयल निगमभित्र ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा आगलागी हुँदा ट्यांकर सहचालक ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्युु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । २५ वर्षीय रामलखन प्रजापती सामान्य घाइते छन्।