२१ बैशाख २०८१, शुक्रबार

मेसिनको फित्तामा च्यापिएर एक जनाको मृत्यु


मृत्यु

हेटौडा । हेटौडाको सिमेन्ट उद्योगमा सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको हो ।

मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !