२२ भाद्र २०८१, शनिबार

गोली लागेर ४५ वर्षीय पानको मृत्यु


कम्ती तीन घाइते

काठमाडौं । डडेल्धुराको सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासोबाट गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गन्यापधुरा ४ का दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

प्रहरीका अनुसार पानको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !