१३ आश्विन २०८१, आइतबार

नोबेलपछिको दोस्रो क्लार्क अवार्ड पुरस्कार नेपाली मूलका पाठकलाई


award

९ वैशाख, काठमाण्डौ । क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कारपछिको सबैभन्दा ठूलो यो अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्‍याएवापत पाठकलाई उक्त सम्मान प्रदान गरिन लागेको अमेरिकन इकोनोमिक एसोसिएसनले उल्लेख गरेको छ ।

४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक पहिलो नेपाली मूलका अर्थशास्त्री हुन् ।

अमेरिकन इकोनोमिक एशोसिएसनले अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक रहेका ३७ वर्षे पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।

इकोनोमिक एशोसिएसनले सार्वजनिक विद्यालयकाे शिक्षा प्रणाली सुधार गर्न पाठकले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !