१५ असार २०८१, शनिबार

जन्ती बोकेको टिपर दुर्घटना : २ जनाको मृत्यु, २४ जना घाइते


टिफर दुर्घटना

काठमाडौं । सिन्धुलीमा आइतबार साँझ जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर सडकमा पल्टिदा २४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्रकुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !