१२ असार २०८१, बुधबार

ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु


शव फेला

काठमाडौं । ललितपुर जिल्लामा दुई दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोञ्ज्योसोम गाउँपालिका-४ मा रहेको नल्लुमा आज सोमबार बिहान ४ जना घरभित्र मृत फेला परेका थिए भने २ जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै गम्भीर अवस्थामा रहेका घरमुली २२ वर्षीय शुभ स्याङतानको उपचार जारी रहेको छ ।

प्रहरीका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, २४ वर्षीय शुष्मा स्याङ्तान र ७ वर्षीय आष्मा स्याङ्तान मृत फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान शुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !