७ बैशाख २०८१, शुक्रबार

सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै


क्रियाशील सदस्यताको सूची

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । सहमतिमा फागुन २० गते हिजो हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको थियो ।

जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका थिए ।

साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !