१० कार्तिक २०८१, शनिबार

सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भएको पाइए खबर गर्न गृहको अनुरोध


गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ ।

यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धीका भिडियो तथा तस्बीरहरू राखी प्रकाशन तथा शेयर गरी आफबाह फैलाउने प्रवृत्ति देखिएको जनाएको छ ।

मन्त्रालयले त्यस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

बिदासम्बन्धी भ्रामक समाचारको ध्यानाकर्षण

यसैबीच मन्त्रालयले विसं २०७९ मा हुने बिदाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट प्रकाशन भएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयमा नेपाल राजपत्रमा सूचना प्रकाशित सार्वजनिक बिदा नै आधिकारिक हुने भएकाले भ्रामक समाचारप्रति विश्वास नगर्न अनुरोध गरेको छ ।

गृहद्वारा ध्यानाकर्षण

गृहद्वारा ध्यानाकर्षण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !