२१ बैशाख २०८१, शुक्रबार

नेपाल विद्युत प्राधिकरणलाई तीन टुक्रामा विभाजन गरियो


budget-nepal

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ देखि नेपाल विद्युत प्राधिकरण विधिवत रुपमा तीन वटा निकायमा विभाजित हुने भएको छ । उत्पादन, वितरण र ट्रान्समिसन गरि प्राधिकरणलाई तीन वटा निकायमा विभाजन गर्न लागिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा साउन देखि नै तीन फरक निकायबाट विद्युतको काम हुने घोषणा गरेका हुन् । ट्रान्समिसनसम्बन्धी निकाय यस अघि नै दर्ता भइसकेको छ ।

दातृ निकायहरुले प्राधिकरणले हालको संरचनाबाट गरेको काममा असन्तुष्टि जनाएपछि दुई वर्ष अघिको बजेटमा संरचनागत सुधार गर्ने उल्लेख गरिएको थियो । त्यही बेला प्राधिकरणलाई तीन वटा निकायमा विभाजित गर्ने उल्लेख गरिएको थियो । यसलाई अनबण्डलिङ भनिएको थियो ।

अर्थमन्त्रीले साउन देखि तीन निकायमा विभाजित हुने घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !