१२ आश्विन २०८१, शनिबार

धरानमा भेटिएको शव दमकका दिपक सिग्देलको, हत्यामा संलग्न दुई जना पक्राउ


दिपक सिग्देल

धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको शवको पहिचान भएको छ । प्रहरीका अनुसार एक सातापछि सनाखत भएको उक्त शव झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दिनेश सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा भेटिएको पुरुष मानिसको टाउको र खुट्टासहितको शवको पहिचान खुलेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगर स्रोतका अनुसार सिग्देल वैदेशिक रोजगारीका लागि बहराईन पुगेर पुस २० गते नेपाल फर्किएको पाइएको छ ।

काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरीले बताएको छ । त्यसकारण पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । बहराईनबाट नेपाल फर्किएपछि परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको पाइएको हो ।

इलामको बाँझो पुरानो घर भएका सिग्देल केही समयअघि मात्रै परिवारसहित दमकमा बसाइँ सरेर आएको खुलेको छ । उनको हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सिग्देलको हत्या आरोपमा कान्छी श्रीमती र उनका प्रेमीलाई पक्राउ गरेको हो ।

कान्छी श्रीमतीले र प्रेमी मिलेर हत्या गरेको हुनसक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । केही व्यत्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुनसरी प्रहरी कार्यालय स्रोतले बताएको छ ।

दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेकोले थप विषय पछि खुल्ने प्रहरीले बताएको छ । प्रहरीका एक उच्च अधिकारीले दिएका जानकारी अनुसार धरानमा आज केही बेरमा पत्रकार सम्मेलन गरि घटनाको बिस्तृत जानकारी गराउने तयारी गरेको छ ।

घटनास्थल धरान–१३ को जिरोपोइन्टबाट लगभग ९ किलोमिटर उत्तरमा पर्ने आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेपछि प्रहरीमा खबर गरेर जानकारी दिएका थिए ।

पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग पनि गरिएको छ । उक्त घटनामा संघीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान गरिएको थियो ।

गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !