१२ आश्विन २०८१, शनिबार

ट्याक्टरले किच्दा एक जनाको मृत्यु


दुर्घटना

काठमाडौं । बालाजुमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान ना ७ त ३८९९ नम्बरको ट्याक्टरले किचेर गम्भीर घाइते भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ । ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो ।-न्युज कारखाना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !