१९ असार २०८१, बुधबार

प्रचण्डले दुई बालकलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने


Prachanda

५ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन् ।

उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकहरुको विद्यालयमा भर्ना गरि अभिभावकत्व ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ ।

अध्यक्षले ९ वर्षका अरुण माझी र ५ वर्षका पत्रुस मुसहरलाई विद्यालयमा भर्ना गर्नेछन् । दाहालको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !