१२ आश्विन २०८१, शनिबार

स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते


दुर्घटना

रुपन्देही । बुटवलमा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका हुन् ।

ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर विद्यार्थी बचाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते १० जना विद्यार्थीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !