२० असार २०८१, बिहिबार

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ


पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ का समिर तामाङ रहेका छन् ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बरप्लेट परिवर्तन गरेर नयाँ नम्बर प्लेट हालेर सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !