१८ असार २०८१, मंगलबार

अवैध गरगहनासहित महिला पक्राउ


महिला पक्राउ

मोरङ । चाँदीको विभिन्‍न गरगहनासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका- ९ घर भएकी २९ वर्षीया मन्जु सहनी रहेका छन् ।

सहनीको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस,सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बराबरको अन्दाजी मुल्य रू ७,००,००० (रू सात लाख ) बराबरको चाँदीको गहना बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !