७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीशका नाममा ३० करोड बढीको घरजग्गा, अनुसन्धान गर्न निवेदन दर्ता


चोलेन्द्रशम्शेर जबरा

काठमाडौैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध अनुसन्धान गर्न निवेदन दर्ता भएको छ । जबराका परिवारका नाममा ३० करोड बढीको सम्पत्ति देखिएको भन्दै डा. गोविन्द केसीले छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागमा पुरक निवेदन दर्ता गराएका छन् ।

“चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुलीलगायत अन्य अवैध स्रोतको आम्दानीबाट २०७६ मंसिर २४ मा खरिद भएको ठमेलको आठ आना घरजग्गा, २०७८ असोज २० मा गोठाटारमा साढे तीन रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरु रहेको तथ्य अवगत हुन आएको हुँदा सो सम्बन्धमा र निजको परिवारका सदस्यहरु, नातेदार तथा भ्रष्ट गिरोहमा आवद्ध सदस्यहरुका सम्बन्धमा समेत छानबिन गर्न, तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको सजाय गर्ने सम्बन्धमा आवश्यक कारवाही गर्न अनुरोध गरिन्छ ।”, निवेदनमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !