१५ असार २०८१, शनिबार

घर अगाडि आगो तापिरहेकालाई टिप्परद्वारा ठक्कर : २ जनाको मृत्यु, ३ घाइते


टिफर दुर्घटना

बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका-३ सतपतियामा घर अगाडी आगो तापिरहेका ५ जनालाई टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिजोराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको उपचार भइरहेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !