लमजुङमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस Nepalpatra लमजुङमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस
७ जेष्ठ २०७९, शनिबार

लमजुङमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस


भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् ।

जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना-ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !