४ मंसिर २०८१, मंगलबार

मध्यपुर थिमीमा यसरी मनाए सिन्दुर जात्रा


jatra

२ बैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन् ।

मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।

थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ ।

थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !