१२ श्रावण २०८१, शनिबार

भोली विहान पाँचदेखि बेलुका पाँच बजेसम्म भाडाका गाडी बन्द


public vechile

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा बुधवार भएको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्ण भएको हो । महासंघका महासचिव सरोज सिटौलाले निजी सवारी साधनलार्इ समेत हड्तालमा सहभागिताको लागि आब्हान गरिने बताए ।

हामीले निजी सवारी साधनलार्इ कुनै अवरोध गर्दैनौ । तर निजी सवारीधनीलार्इ समेत हड्तालमा सहभागिता जनाउन आब्हान भने गरेका छौ, उनले बिजमाण्डूसँग भने, ट्राफिक प्रहरीको ज्यादती विरुद्ध उहाँहरुको समेत समर्थन रहेनछ र उहाँहरुले पनि सवारी साधन नचलाएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौ । उनका अनुसार विहिवार विहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी चल्दैनन् ।

यातायात व्यवसायीले विहिवार देशव्यापी चक्काजाम घोषणा गरेका छन् । चार वर्षअघि यातायात व्यवसायीले चार वर्षअघि राजमार्ग लाइफलाइन भएकोले बन्द, हड्ताल निषेध गर्दै शान्ति क्षेत्र घोषणा कार्यान्वयनको माग गर्दै झन्डै सरकार र सबै राजनीतिक दललार्इ ज्ञापनपत्र बुझाएका थिए ।तर यही प्रतिवद्धताका लागि सबै निकाय धाउने यातायात व्यवसायीले जेठ १३ गते चक्काजामको घोषणा गरे । आफ्नो सिमित फाइदाका लागि आम उपभोक्तालार्इ बन्धक बनाउने काम गर्दैछन् त्यो पनि सार्वजनिक रुपमै । यातायात क्षेत्रमा एकाधिकार बजार स्थापित गराएर उपभोक्तालार्इ बन्धक बनाउने काम गरिरहेका छन् ।

यो मागलार्इ पूरा गराउन महासंघ वाहेक नेपाल ट्रक कन्टेनर महासंघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघ समेत एकै ठाउँमा उभिएका छन् ।ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि यातायात व्यावसायी र मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका हुन्। – See more at: http://www.bizmandu.com/content/-18108.html#.V0VM5b5a5_l


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !