१२ असार २०८१, बुधबार

‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने


काठमाडौँ_लकडाउन_निषेधाज्ञा

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभर ‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको हो । सीसीएमसीले गृह मन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरेको हो ।

सार्वजनिक स्थानमा प्रवेश गर्नु परेमा कोभिड विरद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने छ । सार्वजनिक स्थानमा कडाइ सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउन सिसिएमसीले निर्देशन दिएको सिसिएमसीले बताएको छ ।

यसैगरी सार्वजनिक स्थानमा एन्टीजेन्ट परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । होल्डिङ सेन्टरलाई चालु अवस्थामा राख्‍न निर्देशन दिएको र बजेट व्यवस्थापन गर्न मन्त्रालययलाई अनुरोध गरिएको छ । त्यसको सम्पूर्ण व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

माघ ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुनेछ । सीसीएमसीको बैठकले राजनीतिक भेलाहरू नगर्न आग्रह समेत गरेको छ । गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने भएको छ ।

सीसीएमसीले कोभिड-१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयमार्फत निर्देशन गर्ने निर्णय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !