२४ बैशाख २०८१, सोमबार

माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने


काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म देशभरका शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । अहिले धेरैजसो विद्यालयमा हिउँदको बिदा भएकाले पनि विद्यालय बन्द गर्ने निर्णय लिइएको हो ।

ओमिक्रोन भेरियन्टको चेनब्रेक गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । १८ वर्ष मुनिका बालबालिकालाई मध्यनजर गरेर कक्षा १० सम्मका शैक्षिक संस्था बन्द गर्न सिफारिस गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !