१४ आश्विन २०८१, सोमबार

पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु


मृत

पाँचथर । पाँचथरको फालेलुङ गाऊपालिका ७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका ७ का २० बर्षीय संग्राम राई रहेका छन् ।

हिजो दिउसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !