काठमाडौं । एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
नयाँ बानेश्वरस्थित बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
१८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।