३ फाल्गुन २०८२, आइतबार

मलामी बस दुर्घटना अपडेड: ३ जनाको सनाखत


बस दुर्घटना

बुटवल । मलामी बोकेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये ३ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको स्रोतले बतायो ।

मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !