२० असार २०८१, बिहिबार

सर्वोच्च अदालत परिसरमा नाराबाजी नगर्न प्रधानन्यायाधीशको चेतावनी


चोलेन्द्र शमसेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न आन्दोलनरत कानून व्यवसायीहरुलाई चेतावनी दिएका छन् ।

सर्वोच्च अदालत प्रशासनमार्फत प्रधानन्यायाधीश जबराले कानून व्यवसायीहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेको स्रोतले बतायो ।

कानून व्यवसायीहरुले हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !